चितवन – चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
साहारा चितवन सहकारी ठगी प्रकरणमा को मुद्दामा बिहीबार न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहसपछि रविलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।
रविलाई यसअघि काठमाडौँ, कास्की र रुपन्देही जिल्ला अदालतले पनि सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।



























































