काठमाडौँ– नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन ललितपुर जिल्ला पाटन इकाई समिति लगनखेल ललितपुरको १२ औ अधिवेशन तथा २६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गत शनिवारको दिन संस्थाका अध्यक्ष दिपक कुमार केसीको अध्ययता,पूर्व अर्थराज्य मन्त्री एवम् प्रतिनिधि सभाका सदस्य उदय शमसेर राणाको प्रमुख आतिथ्यता तथा एसोसिएसनका केन्द्रिय अध्यक्ष सिताराम दाहालको विशेष अतिथ्यतामा संस्थाको अधिवेशन तथा वार्षिक साधारण सभा सम्पन भएको हो ।
कार्यक्रममा बागमती गाँउपालिकाका प्रमुख वीरबहादुर लोपचन, एसोसिएसनका केन्द्र, प्रदेश, उपत्यकाका सबै जिल्लाका मालपोत तथा यतायात ईकाइका पदाधिकारीहरुको अथितिका रुपमा उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि राणाले शुभकामना मन्तब्य प्रस्तुत गरे।
सो क्रममा उनीहरुले भुमि–सुधार तथा मालपोत कार्यालयबाट जनतालाई दिने सेवा प्रवाहामा लेखापढी व्यवसायीहरुले दिएको सेवा तथा सहयोगका लागी प्रशंसा गर्दै कार्यलयका तर्फबाट सेवा ग्राहीलाई बिना झन्झट सेवा दिनका लागि सुझाब दिए ।
साथै जग्गा दर्ता, बेनिसाजस्ता कामहरु राज्यले संबैधानिक मौलिक हक अनुसार सधै खुल्ला राखी जनतालाई नियमित रुपमा आफ्नो हकभोगको जग्गा जमिनको सहजताका साथ आफ्नो नाममा हक अधिकार प्राप्तीका लागी सधै सहजिकरण गर्नका लागि आफ्नो तर्फबाट सम्बन्धित मन्त्रालय तथा संसधमा समेत कुरा राख्ने प्रतिबद्वता गरे । साथै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै नयाँ आउने कार्यसमितिलाई समेत बधाई तथा शुभकामना व्यक्त गरे ।
एसोसिएसनका केन्द्रिय अध्यक्ष दाहालले कित्ताकाट लगायत अन्य समसामायिक विषयमा नापी, भूमी–सुधार तथा मालपोत कार्यलयबाट बेला बखतमा सेवा ग्राहीलाई अनावश्यक दुःख झन्झट दिने गरेकाले त्यस्ता कुराको अन्त्य हुनुपर्नेमा जोड दिए ।
उद्घाटन तथा पहिलो सत्रपछि बन्द सत्रको निर्वाचनको कार्यक्रम भएको थियो । निर्वाचनबाट दिपक कुमार केसी पुन: अध्यक्ष पदमा दोहोरिए ।अन्य पदाधिकारीहरु उपाध्यक्षमा फणिन्द्र खनाल सचिव भरत घिमिरे, सहसचिव विष्णु प्रसाद घिमिरे, कोषाध्यक्ष ऋषि केशब कंडेल, सह(कोषाध्यक्ष श्रद्धा महर्जन, सदस्यहरुमा उमा जोशी, निरज राई, पवन घिमिरे, हरि बहादुर थापा, अजय महर्जन, रत्न काजी महर्जन र संगिता राई सहित १३ सदसिय समिति निर्वाचित भई सफत लिई पदभार ग्रहण गरियो ।




























































