काठमाडौँ – यती एअरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ । एयरलाइन्सका अनुसार यस योजनाअन्तर्गत, जन्तीले यती एअरलाइन्समार्फत् यात्रा गर्दा बेहुला–बेहुलीले हवाई टिकट निःशुल्क प्राप्त गर्नेछन् ।
यस योजनाले हवाई यात्रामार्फत् जन्ती जाने परम्परालाई प्रवर्द्धन गर्दै यात्रुलाई थप सुविधा दिने उद्देश्य राखेको एयरलाइन्सले जनाएको छ । साथै, जन्तीका प्रत्येक सदस्यले ५ केजी थप ब्यागेज सुविधा समेत पाउनेछन् ।
योजना फागुन महिनाभर लागू हुनेछ । थप जानकारीका लागि यती एअरलाइन्सको ग्राहक सेवा नम्बर ०१–५९७००७४ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।