काठमाडौं – प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।


ADVERTISEMENT


भेटमा तराई–मधेश क्षेत्रमा हालै भएका घटनापछि विकसित सुरक्षा अवस्थाबारे विस्तृत छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। मधेश क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएका गृहमन्त्री गुरुङले त्यहाँको पछिल्लो अवस्था, सुरक्षा निकायको परिचालन तथा शान्ति–सुरक्षा कायम गर्न गरिएका प्रयासबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन्।


ADVERTISEMENT

# # #


छलफलमा आगामी दिनमा अपनाइने सुरक्षा रणनीति, संवेदनशील क्षेत्रको निगरानी तथा सम्भावित चुनौतीलाई नियन्त्रण गर्ने उपायबारे पनि सामान्य समीक्षा भएको बताइएको छ।

सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुनसरी र सिरहासहितका जिल्लामा तनाव फैलिएको थियो। घटनामा चार जनाको मृत्यु भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनासमेत परिचालन गरिएको थियो। सरकारले अहिले प्रभावित क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ।