काठमाडौं – एलपी ग्यास उद्योग संघ नेपालले ग्यास उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गर्दै बजारमा ग्यास आपूर्ति नियमित भइरहेकाले नआत्तिन अपिल गरेको छ।


ADVERTISEMENT


संघले मंगलबार जारी गरेको अपिलमा अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही समय ग्यास आयात प्रभावित हुँदा बजारमा समस्या देखिए पनि अहिले आयात प्रक्रिया नियमित भइसकेको जनाएको छ। विगतमा उपभोक्ताको सहजताका लागि आधा सिलिन्डर (७.१ केजी) ग्यास उपलब्ध गराइएको भए पनि अब पुनः १४.२ केजीको पूर्ण सिलिन्डर नियमित रूपमा वितरण भइरहेको उल्लेख गरिएको छ।


ADVERTISEMENT

# # #


संघका अनुसार पछिल्लो केही महिनामा आवश्यकताभन्दा बढी ग्यास खरिद र भण्डारण गरिएकाले बजारमा कृत्रिम अभाव देखिएको हो। त्यसैले एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न तथा आवश्यक परेका उपभोक्तालाई प्राथमिकतामा राखेर व्यवस्थित वितरणमा सहयोग गर्न आग्रह गरिएको छ।

संघले नेपाल आयल निगम, उद्योगी, विक्रेता र उपभोक्ताबीचको सहकार्यबाट बजारलाई छिट्टै सहज बनाउन सकिने विश्वास व्यक्त गर्दै सबै पक्षलाई जिम्मेवार र संयमित हुन अनुरोध गरेको छ।