काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कसैसंग छलफल नगरी अध्यादेश ल्याएकाले त्यसलाई अघि बढाउन सरकारलाई समस्या भएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले सरकारले आफ्नो अनुकुलको अध्यादेश कसैसंग छलफल नगरी हतारमा ल्याएको त्यसलाई अघि बढाउन सरकारलाई समस्या भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


अध्यादेशप्रति टिप्पणी गर्दै शर्माले मिठो कुरा पनि हतारामा खान खोजियो भने घाँटीमा अड्किने र कुनै स्वाद नहुने उल्लेख गरे ।

उनले अध्यादेशलाइ छिटो सदनमा छलफलमा ल्याउन सुझाव दिदै अध्यादेशका राम्रा र नराम्रा पक्षको सदनमा नै छलफल हुने बताए ।

त्यस्तै शर्माले सदनलाई जनताको आवाज उठाउने भन्दा पनि आरोप–प्रत्यारोपको थलो बनाइएको जिकिर गरे ।

उनले भ्रष्टाचारका विषयमा एकले अर्कालाई दोष लगाउनु भन्दा पनि शक्तिशाली आयोग बनाएर सबै भ्रष्टाचारको छानविन गर्नुपर्नेमा जोड दिए ।