काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


मंगलबार बसेको जसपा नेपाल संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको जसपा नेपालका नेता राजकिशोर यादवले जानकारी दिए । भूमिसम्बन्धी अध्यादेशले मुलुकलाई दीर्घकालीन रुपमा हित नगर्ने र राष्ट्रलाई क्षति गर्ने पार्टीको ठहर रहेकाले स्वीकार गर्न नसक्ने निर्णय भएको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले वास्तविक सुकुम्वासी भन्दा केही विचौलियालाई जग्गा वितरण गर्न उक्त अध्यादेश ल्याइएकाले पूर्ण रुपमा अस्वीकार गर्दै विपक्षमा मतदान गर्ने निर्णय भएको धारणा राखे । अन्य पाँच अध्यादेशका विषयमा सरकारसंग छलफल गरेर संशोधन गर्ने सर्तमा समर्थन गर्न सकिने निर्णय बैठकले गरेको उनले बताए ।

यादवले अध्यादेशको अध्ययनका लागि केही समय लिदा सरकारको बार्गेनिङ गर्यो भनेर कुप्रचार गरिएको धारणा राखे । जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय पनि गरेको छ ।