काठमाडौँ – नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले जिल्ला सभापति र केन्दिय सदस्यहरुको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज गरेको छ।
बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेपाल तरुणदलका केन्द्रीय सदस्य निरन्जन थापाले प्लस टु पढाइ सकेर बसेका युवा विद्यार्थीहरु भाषा सिक्ने र भिषा बनाएर विदेश जान रोक्न कम्तिमा सरकारसग तरुणदलले पुलको काम गर्नु पर्ने बताए ।
दलले विवादित विभिन्न जिल्लाहरुमा महाधिवेशन गराउनका निम्ति जिम्मेवार तोकेकोमा केही जिल्ला बाहेक अधिकांश जिल्लामा अझै उस्तै रहेको र पुनः एकपटक केन्द्रले सम्बन्धित जिल्लाका जिम्मेवारी दिएका साथिहरुलाई बोलाएर वा आवश्यक सहकार्य गरेर जानू पर्ने बताए।
सातैवटा प्रदेको भुगोलको बनावट हेरेर मात्रै तरुणदलको वडा देखि केन्दिय अधिवेशनको क्यालेन्डर निकाल्न पर्ने बताए । उनले भने, ‘अधिवेशन हुँदै हुदैन भनेर नकारात्मक भ्रम सिर्जना गर्ने भन्दा पनि अधिवेशन हुन्छ, हामी जिम्मेवार छौँ सम्पूर्ण जिल्ला अध्यक्षहरु जिम्मेवार हुनुहुन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेर जाँदा ६० दिनमा महाधिवेशन सम्भव छ ।’
उनले नेताले आफ्ना खल्तीबाट छोरा, मीत छोरा ल्याएर टीका लगाएर सङ्गठनको नेतृत्व दिई सङ्गठनलाई धरासायी बनाउने जोखिम हुने भएकाले जुनसुकै हालतमा महाधिवेशन गर्नुपर्ने बताए ।
बैठकमा तरुणदलका निर्देशन समितिका सयोजक तथा पार्टिका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना समितिका सदस्यहरु सरिता प्रसाईं, जितजङ्ग बस्नेतको लगायतको उपस्थिति थियो ।


























































