काठमाडौँ–रास्वपा संसद विन्दवासिनी कंसाकारले सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा उनले नेपालमा हरेक बर्ष हजारौको संख्यामा नागरिकहरु जलनबाट पिडित हुने गरेको भन्दै सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएकी हुन्।
आवश्यक स्रोतसाधन दक्ष जनशक्ति तथा आपतकालीन उद्धार प्रणालीमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने उनले बताइन् ।
त्यस्तै उनले सदनमा जलनसम्बन्धी गैर सरकारी विधेयक दर्ता गरेको भन्दै जलन विधेयक पारित गर्न आग्रह गरिन् ।
त्यस्तै कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालमा जलन अस्पताल बनाउने निर्णय भएपनि यसमा कसैको ध्यान नगएको बताए ।