काठमाडौं- नेपालमा सुजुकी कारको आधिकारिक वितरक सीजी मोटोकर्पले मनसुनलाई लक्षित गर्दै देशभर विशेष ‘मनसुन फ्री सर्भिस क्याम्प’ सञ्चालनमा ल्याएको छ। तीन दिनसम्म सञ्चालन हुने उक्त क्याम्प साउन २७ देखि २९ गतेसम्म (१२ देखि १४ अगस्ट २०२६) सुजुकीका देशभर रहेका आधिकारिक सर्भिस सेन्टरहरूमा सञ्चालन भइरहेको छ।
मनसुनको समयमा भारी वर्षाका कारण सवारीसाधनमा पर्न सक्ने असर तथा सडक सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले समयमै सवारीसाधनको मर्मतसम्भार र निरीक्षण गराउने उद्देश्यले यो अभियान सञ्चालन गरेको जनाएको छ।
क्याम्पअन्तर्गत सुजुकीका ग्राहकले निःशुल्क सामान्य सवारीसाधन जाँच गराउन सक्नेछन्। विशेषगरी मनसुनका समयमा बढी जोखिममा पर्ने ब्रेक, टायर, वाइपर, अन्डरबडी तथा विद्युतीय प्रणालीको जाँच गरिनेछ। यसका साथै एसी र ब्याट्रीको समेत निःशुल्क जाँच उपलब्ध गराइने कम्पनीले जनाएको छ।
क्याम्प अवधिमा ग्राहकले विभिन्न सेवा तथा पार्ट्समा विशेष छुटसमेत प्राप्त गर्नेछन्। कम्पनीका अनुसार पार्ट्स तथा लुब्रिकेन्टमा १० प्रतिशत, श्रम शुल्कमा २० प्रतिशत र एसेसरिजमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ।
त्यसैगरी, ग्राहकलाई आफ्नो सवारीसाधनको सामान्य हेरचाह तथा मनसुनका समयमा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने उद्देश्यले निःशुल्क DIY (Do-It-Yourself) तालिम समेत सञ्चालन गरिनेछ। तालिममार्फत ग्राहकले सवारीसाधनको आधारभूत हेरचाह, मनसुनमा सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी तथा सामान्य समस्याबाट बच्ने उपायबारे जानकारी प्राप्त गर्न सक्नेछन्।
सीजी मोटोकर्पका राष्ट्रिय सर्भिस म्यानेजर सरोज खड्काले अभियानको उद्देश्य ग्राहकलाई छुट तथा सेवा सुविधा उपलब्ध गराउनुका साथै मनसुनको समयमा सवारीसाधनको प्रिभेन्टिभ मेन्टेनेन्स र सुरक्षित ड्राइभिङलाई प्रोत्साहन गर्नु रहेको बताए।
उनका अनुसार वर्षायाममा सवारीसाधनका विभिन्न महत्वपूर्ण भागमा समस्या आउन सक्ने भएकाले समयमै जाँच तथा मर्मत गर्नु आवश्यक हुन्छ। त्यसैले ग्राहकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले देशभरका आधिकारिक सुजुकी सर्भिस सेन्टरमा अभियान सञ्चालन गरिएको हो।
कम्पनीले क्याम्प अवधिमा सहभागी हुने ग्राहकहरूमध्येबाट तीन जना ग्राहकलाई विशेष गिफ्ट ह्याम्पर प्रदान गर्ने जनाएको छ।
सुजुकीको देशभर फैलिएको आधिकारिक सर्भिस नेटवर्कमार्फत सञ्चालन भइरहेको यो अभियानले वर्षायाममा सवारीसाधनलाई सुरक्षित, भरपर्दो र राम्रो अवस्थामा राख्न ग्राहकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सुजुकीका ग्राहकहरूले साउन २७ देखि २९ गतेसम्म आफ्नो नजिकको आधिकारिक सुजुकी सर्भिस सेन्टरमा पुगेर निःशुल्क जाँच, विशेष छुट तथा अन्य सेवा सुविधाको लाभ लिन सक्नेछन्।



























































