काठमाडौँ–स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट आएको रकमको हिसावकिताव सार्वजनिक गर्न माग गरेका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा सिंहले विदेशी दातृ निकायबाट आएका सहयोग र खर्चको बिबरण सदनमा जानकारी गराउन सरकारसंग माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले गैरसरकारी संस्थाहरुको नियमन गर्न र खर्च बिबरणका बिषयमा श्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै उनले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेका बिषयमा अर्थमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने धारणा राखे ।