काठमाडौँ– नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले कुलमान घिसिङलाई पदबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै पौडेलले उज्यालो नेपाल बनाउनका लागि मुख्य भूमिका खेल्ने कुलमान घिसिङलाई पदबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।


ADVERTISEMENT

# # #


‘लोडसेडिङ हटाएर, उज्यालो नेपाल बनाएर र घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर कुलमानले के गल्ती गरे ?’, उनले प्रश्न गरे । उनले कुलमानलाई हटाउनको साटो सम्मान गर्न सुझाउदैँ विद्युतको बक्यौता नतिर्नेको लाईन काटिनुपर्नेमा जोड दिए ।

पौडेलले ऊर्जामन्त्रीको विरोध गर्नेलाई छानी–छानी हटाउने काम भएको भन्दै आक्रोश व्यक्त गरे ।