काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धनी विदेशी नागरिकहरुका लागि नयाँ अफर ल्याएको छ ।
ट्रम्पले मंगलबार धनी विदेशी नागरिकका लागि ‘गोल्ड भिसा’ को अफरको घोषणा गरेका हुन् । ट्रम्पले उक्त भिसाको मूल्य ५० लाख अमेरिकी डलर राखेको छ । जसको नेपाली लागत झन्डै ७० करोड रुपैंया पर्न आउँछ ।
सीएनएनका अनुसार ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्नेछ। यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनुका साथै नागरिकता पाउने सहज बाटो खुल्ने छ। ट्रम्पका अनुसार गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ।
यो कार्डले अमेरिकाको इबी–५ इमिग्रेन्ट इन्भेस्टर भिसा प्रोगामलाई प्रतिस्थापन गर्ने विश्वास लिइएको छ। यो प्रोगाममार्फत १० लाख अमेरिकी डलरदेखि ८० लाख अमेरिकी डलरसम्म लगानी गर्न चाहने आप्रवासीले ग्रीन कार्ड दिने व्यवस्था थियो । सन् २०१९ मा ट्रम्पले लगानी रकमलाई क्षेत्र अनुसार ९० लाख अमेरिकी डलर देखि करिब दुई करोड अमरिकी डलरसम्म पुऱ्याएका थिए।