काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४० औं वर्षमा प्रवेश गरेको छ । बैंकले आज आफ्नो ३९ औं वाषिकोत्सव मनाएको हो ।


ADVERTISEMENT


समारोहमा बोल्दै बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले बैंकका ग्राहक, संस्थापक, सेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुलाई बैंकप्रति देखाएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे ।


ADVERTISEMENT

# # #


 यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवाहरूलाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताउँदै डिजिटल बैंकिङ सेवाहरूलाई थप सशक्त पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहकवर्गहरु माझ नयाँ बचत खाता ‘नव आयाम बचत खाता’ पनि ल्याएको छ। जसमा ग्राहकले ३९ रुपैयाँ मौज्दात मै खोल्न सकिने बताएको छ । यसमा ३९ रुपैयाँमा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, ३९ रुपैयाँमै भर्चुअल प्रिपेड कार्ड सुविधा, ३९ रुपैयाँमा डेबिट कार्ड सुविधा, ३९ रुपैयाँमा क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९५ छुट पाउनेछ ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा आफ्नो सातौं संस्करण “डिजिटल बैंकिङको जादु” नामक चित्र पुस्तक समेत सार्वजनिक गरेको छ। उक्त चित्रकथाको एउटा महत्वपूर्ण उद्देश्य बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउनु र अर्को उद्देश्य अभिभावकहरुलाई आधुनिक डिजिटल बैंकिङ सेवाहरुको प्रयोग गर्न प्रेरित गराउनु रहेको छ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल देशभर २८३ शाखा रहेको छ। यस्तै, २६६ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६६ शाखारहित बैंकिङ काउण्टरबाट बैंकले सेवा प्रदान गरिरहेको छ।