काठमाडौँ – जिल्ला प्रहरी कार्यालय इलाममा समसामयिक विषय वस्तुहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


इलाम जिल्ला स्थित रहेका नगर महिला समन्वय समिति इलाम, महिला जागरण, आमा समुह लगायतका पदाधिकारीहरुसंग जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाले महिला हिंसा, घरेलु हिंसा, लागु औषध नियन्त्रण जस्ता विषय वस्तुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेका थिए ।


ADVERTISEMENT

# # #


सोही दिन उनले इलाम सदरमुकाम स्थित रहेका विभिन्न सोरुम, रिकन्डिसन र ग्यारेजका संचालकहरुसँग समेत समसामयिक विषय वस्तुहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरे । विशेष गरी संचालकहरुलाई उनले टेस्ट ड्राइभ गर्दा बिना हेलमेट, लाईसेन्स नभएका व्यक्तिहरुलाई नगराउन अनुरोध गरे ।