काठमाडौँ – सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।
राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।
सामान्य क्षति
मध्यराती गएको भूकम्पले सामान्य क्षति पुर्याएको छ । भूकम्प िगएपछि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको वडा नम्बर ३ तातोपानीनजिकै पहिरो खसेको छ ।
यस्तै आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाच्चिएको छ भने कारागारका भित्ता चर्किएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
जिल्लाभर क्षतिको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।