काठमाडौँ – इटालीयन फुटबलर जियानलुइजी बुफन नेपाल आएका छन् ।


ADVERTISEMENT


तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनल खेलका लागि अतिथिका रुपमा बुफन नेपाल आएका हुन् । पूर्वविश्वकप विजेता समेत रहेका इटालीका गोलकिपर बुफनले नेपाल आएपछि आइतबार काठमाडौंमा सञ्चारकर्मीसंगको अन्तक्र्रियामा बुफनले नेपाल भ्रमण गर्न पाउदा आफू उत्साहित भएको बताए ।


ADVERTISEMENT

# # #


पहिलो पटक नेपाल आएका उनले आफूले नेपालको झण्डा हेर्दा सधै आकर्षित गरेको उल्लेख गरे । उनले आफ्नो कामलाई सधै माया गर्ने उल्लेख गरे ।

उनले भने, ‘हामी सानो छँदा विश्वका झण्डाहरु नियाल्दै गर्दा मलाई नेपालको झण्डाले निकै आकर्षित गरेको थियो । किनभने यो निकै फरक छ । तपाईंहरुले आफ्नो धर्म र हिमाललाई प्रतिनिधित्व गर्नुभएको छ । मेरा लागि एउटा सपना पूरा भएको जस्तो महसुस भएको छ ।’

केपी ओली कप फुटबलको फाइनल खेल हेर्न पनि आफू उत्साहित भएको उनको भनाइ छ । तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनल खेल सोमबार साँझ दशरथ रंशगालामा मच्छिन्द्र क्लव र आर्मी क्लवबीच हुनेछ ।