काठमाडौँ – नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालले अदालतबाट सफाइ पाएका छन् । झुठा विवरण पेश गरेर पदीय लाभ लिएको आरोपको मुद्दा लागेका सिलवाललाई विशेष अदालतले आइतबार सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध गत मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आइतबार अदालतका न्यायाधीश तेज नारायण सिंह, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त मुद्दामा सिलवाललाई सफाई दिएको हो ।
सिलवालले ६५ वर्षे उमेरहदका कारण १५ महिना अघि नै अवकाश पाइसक्नुपर्ने भए पनि जन्ममिति फेरेको नागरिकता पेश गरेर पदमै बसेर पदीय दुरुपयोग गरेको दाबी गरेको थियो । यस्तै अख्तियारले सिलवालले २०१८ साउन १५ देखि सेवा सुविधावापत लिएको ३६ लाख ६२ हजार रुपैँयाँ असुल गर्नुपर्ने समेत माग गरेको थियो ।
सो मुद्दापति सिलवाल आफ्नो पदबाट निलम्बित भएका थिए । अदालतले भने सिलवाल निर्दोष रहेको फैसला गरेको हो ।