काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भन्सार क्षेत्रमा नै तौलपूल राख्ने तयारी भइरहेको जानकारी दिएका छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा यातायात व्यवसायीहरुको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री दाहालले भारतबाट नेपाल भित्रने मालवहाक सवारीको भारवहन मापन गर्न भन्सार क्षेत्रमा नै तौलपूल राख्ने तयारी भइरहेको जानकारी दिएका हुन् । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय , उद्योग र अर्थ मन्त्रालयबीच छिटै छलफल हुने उनले बताए । मन्त्री दाहालले देशभर रहेका १२ वटा तौलपूललाई केन्द्रीय डाटा प्रणालीमा जोडिने जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भारवहन सीमा उलंघन हुदा पूल र सडकमा क्षति पुग्ने भएकाले कडाइका साथ लागू गर्ने र देशका अन्य आवश्यक स्थानमा समेत प्रविधिमैत्री तौलपूल जडान गर्ने प्रतिवद्धता जनाए । भारवहन सम्बन्धी कार्यविधिमा रहेका बिषय लागू नभएको भन्दै उनले यसलाई बाध्यात्मक रुपमा लागू गराइने बताए ।

यातायात व्यवसायीहरुले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने लगाएतका ८ बुँदे मागका बिषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।