काठमाडौँ– नेपाली कांग्रेसले भोलि सदनमा अनिवार्य उपस्थित हुन कांग्रेसका सांसदलाई ह्विप जारी गरेको छ ।
२१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरूलाई निर्देशन जारी गरेको हो।
बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ ।
‘फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुनेहुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो व्हिप जारी गरिन्छ,’ सांसदहरूलाई पठाइएको सन्देशमा उल्लेख छ ।