काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिमा रहेका विचाराधीन विधेयकलाई चैत्र मसान्तभित्र पारित गरिदिन आग्रह गरेका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उहाले भन्सारसम्बन्धी विधेयकका साथै बैङ्क तथा वित्तीय संस्थासम्बन्धी र धितोपत्रसम्बन्धी विधेयकलाई चैत्र मसान्तभित्र पारित गरिदिन आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


कानुन निर्माणका काम सुस्त भएको भनेर समिति र सदनको प्रभावकारिता माथि जनस्तरबाटसमेत आलोचना हुने गरेको भन्दै उनले सरकार छिटो कानून बनाउन गम्भीर रहेको धारणा राखे । पौडेलले राष्ट्रिय आवश्यकतासमेत हेरेर बढी प्राथमिकताका कानुन निर्माणमा शीघ्रता दिनुपर्ने उल्लेख गरे । समितिसमक्ष विचारधीन अवस्थामा रहेका विधेयकहरु निकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन माथि छलफल भएको थियो । भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकुल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले उक्त विधेयक ल्याएको हो ।