काठमाडौँ – आगामी बैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्रको छपाइ हुने भएको छ ।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सवै प्रदेशका यातायातमन्त्री सहितको बिषयगत बैठकले यातायात व्यवस्था विभागबाट हालसम्म छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्रको छपाइ गर्ने र २०८२ बैंशाख १ गतेदेखि साउन १ गतेसम्म सवै प्रदेशले स्वीकृत ढाँचा बमोजिम सवारी चालक अनुमतिपत्रको छपाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको हो । यसका लागि आवश्यक प्राविधिक सहायता विभागले उपलब्ध गराउने निर्णय भएको छ ।


ADVERTISEMENT

# # #


राइड शेयरिङलाई व्यवस्थीत गर्न र प्रदेशबीच नीतिगत एकरुपता कायम गर्नका लागि प्रदेश सरकारको सहभागीतामा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्बन्धित प्रदेशले लागू गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायातका बिभिन्न सेवालाई राष्ट्रिय परिचयपत्रसंग जोड्न सकिए बायोमेट्रीकका देखिएको समस्या समाधान हुनसक्ने बताए । उनले अझैपनि १९ लाख सवारी चालक अनुमतिपत्र छपाइ गर्न बाँकी रहेको अवस्थामा प्रदेशबाट छपाइ सुरु गर्न सके सहज रुपमा वितरण गर्न सकिने जिकिर गरे ।

त्यस्तै बैठकले सवारी साधनहरुको दर्ता र नामसारी गर्दा अनिवार्य रुपमा इम्वोस्ड नम्वर प्लेट जडान गर्ने व्यवस्थाका लागि प्रदेश सरकारबाट मातहतका कार्यालयलाई आवश्यक निर्देशन दिने र बिभागले आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।