काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी फागुन २६ र २७ गते काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले उत्पादन र उत्पादकत्व विस्तार र आन्तरिक रोजगारीको दिगो आधार भन्ने नाराका साथ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो ।


ADVERTISEMENT

# # #


आन्तरिक रोजगार प्रवद्र्धन दशकको अवधारणालाई मूर्त रूप दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ । स्वेशमा नै रोजगारी सिर्जनाका साथै वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चूनौतिहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने उद्देश्यले सम्मेलनको आयोजना गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जानकारी दिए ।

देशमा रोजगारी नभएकाले विदेश जानुपरेको भाष्यलाई चिर्दै स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेको उनले बताए ।

सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ लगायत पाँच सय जनाको सहभागिता रहने मन्त्रालयले जनाएको छ । सम्मेलनमा मन्त्रालय, निजी क्षेत्र तथा अन्य विकास साझेदारहरुको स्टलमार्फत समेत श्रम तथा रोजगारसम्बन्धी सूचना र जानकारी दिइने बताइएको छ ।