भोजपुर– सिताराम पदम कुमारी फाडाशनले हाल भोजपुर जिल्लाको अरुण गाउपालिकास्थित तीन विद्यालयका एसईईमा उत्कृष्ट ल्याउने विद्यार्थीलाई उत्कृष्ट छात्रवृत्ति प्रदान गरेको छ।
अरुणोदय माध्यामिक विद्यालयको परिसरमा आयोजित विशिष्ट समारोहमा फाउण्डेशनका संरक्षक एवं पूर्व एआईजिपी भीम प्रसाद ढकालले उत्कृष्ट ल्याउने विद्यार्थी सम्मान र नगद पुरस्कार प्रदान गरेका हुन् ।
उत्कृष्ट ल्याएर सम्मानित हुने विद्यार्थीहरुमा विद्यालयका अंकित कट्टेल, विश्व प्रेमी माध्यामिक विद्यालय याकुका र शारदा मावि प्याउलीका कुशल राई छन्।
त्यसैगरि,एक अर्को समारोहमा फाउण्डेशनले अरुणादेयका २०० विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। फाउण्डेशनका संरक्षक एवं पूर्व एआईजी ढकालले उक्त सामाग्री वितरण गरे ।
विद्यालयका शिक्षक दिपेन्द्र घिमिरेले संचालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक माधव पराजुलीले कार्यक्रमको अध्यक्षता गरेका थिए भने कार्यक्रममा शरण भूजेल ले शूभकामना मन्तव्य दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले विद्यार्थीहरुलाई राम्रोसंग पढेर देश बनाउन आग्रह गरे । विद्यालयका प्रअ माधव पराजूलीले ग्रामीण स्थानका स्कूलमा छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गरेर फाउण्डशनले उदाहरणीय कार्य गरेको बताए ।
पूर्व एआईजी ढकाल, समाजसेवी एवं उद्यमी भैरव ढकाल एवं एसएसपी प्रभु ढकालले आफ्नो बुवा आमाको नाममा २०७७ सालमा खोलेको सिताराम पद्म कुमारी फाउण्डेशनले समाजसेवाका विविध गतिविधि गर्दै आएको छ ।
कार्यक्रमका केही झलकहरु