काठमाडौं–नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले क्यारेवियन प्रियियर लिग खेल्ने भएका छन् । उनलाई सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार डलरको बोली लगाएको छ ।


ADVERTISEMENT


उनी यसै सिजन आईपीएल टिम दिल्ली डेयर डेभिल्समा आवद्ध भएका छन् । हाल विश्वकप छनोट खेल्न जिम्बाब्वेमा रहेका उनी आईपीएल खेल्न भारत जाने छन् ।


ADVERTISEMENT

# # #


क्लबले सन्दिप क्यारेबियन लिगमा पूर्ण उपलब्ध हुने अपेक्षा गरेको छ । वेष्टइण्डिजमा हुने यो लिगको टिम सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सको कप्तान क्रिस गेल हुन् ।

सन्दिपले पनि लिगमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।