काठमाडौँ – चालू आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा नेपालमा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । सोमबार चालू आवको ७ महिना (माघ मसान्तसम्म)को तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्र बैँकले उक्त जानकारी दिएको हो ।


ADVERTISEMENT


राष्ट्र बैँकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएर ९ खर्ब ५८ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । जुन अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.९ खर्ब ८५ अर्ब १७ करोड पुगेको राष्ट्रबैँकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमन यस्तो आय रु.९१० अर्ब ७७ करोड रहेको थियो ।

यस्तै चालु आवको ७ महिनामा २ लाख ७४ हजार ६२२ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । यस्तै १ लाख ९० हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । राष्ट्र बौकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ०४५ जना रहेको थियो ।