काठमाडौँ– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन परेको छ।
इन्स्योरेन्सले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुलाएको थियो। तर, २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रुपैयाँ बराबरको आइपीओ माग गर्दै २० लाख ४८ हजार ५३८ आवेदन परेको हो।
अब यो आइपीओ पनि अब गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी २२ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।
लगानीकर्ताले यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयर खरिद आवेदन दिन सक्नेछन्। आवेदन माघ २९ गतेसम्म बैंकिङ समयसम्म दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल छ । गत असारसम्म कम्पनीको प्रति सेयर आम्दानी २।४१ रुपैयाँ थियो । यस वर्ष ७.७४ रुपैयाँ पुग्ने अनुमान गरेको छ।
त्यस्तै, पोहोर ८८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण पेस गरेको कम्पनीले यस वर्ष २ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गर्ने अनुमान गरेको छ।



























































