काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार शितल निवासमा अन्तर व्यवस्थापिका मञ्च, नेपालको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृका साथै सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।
संसदलाई सार्वभौम जनताको आवाज मुखरित हुने थलोको रुपमा विकसित गर्न अग्रसरता र तत्परताको आवश्यक रहेको उनले बताए राष्ट्रपति पौडेलले संसद्ले प्रभावकारी कानून निर्माण, बजेट निर्माण, नीति निर्धारण र जनताका आवाज बुलन्द बनाउने थलोका रूपमा आफूलाई उभ्याउनुपर्ने धारणा राखे ।
संसदले समावेशी, दीर्घकालीन र विकासमैत्री कानूनी संरचनाहरू निर्माण गर्न तथा र प्रभावकारी संसदीय निगरानीको प्रक्रिया अपनाउनुपर्ने राष्ट्रपति पौडेलको धारणा थियो । .
राष्ट्रपति पौडेललाई पोखरा घोषणापत्र हस्तान्तरण गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदले बनाएका कानून कार्यान्वयनको परिक्षण गर्न कानूनमा नै व्यवस्था गनुपर्ने बताए । उनले सरकारसंग समन्वय गरेर संसदीय गतिविधिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
अन्तर व्यवस्थापिका मञ्च, नेपालको पोखरा घोषणापत्रमा संसदीय अध्ययन अनुसन्धान एवं प्रशिक्षण कार्यलाई व्यवस्थीत गर्न संसदीय अनुसन्धान तथा प्रशिक्षण केन्द्र स्थापना गर्न पहल गरि जनप्रतिनिधि र कर्मचारीलाई निरन्तर प्रशिक्षणको व्यवस्था गर्ने र यसलाई विधाधिकी प्रतिष्ठानको रुपमा बिकास गर्न पहल गर्ने समेत उल्लेख गरिएको छ ।