काठमाडौँ– नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटमा संविधान बिपरितका गतिविधि भइरहेको आरोप लगाएको छ ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष सहभागिताका साथै निर्देशन र उक्साहटमा समाजमा संविधान बिपरितका गतिविधि भइरहेको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले मुलुकको राष्ट्रिय गानलाई समेत अवमूल्यन गर्ने लगाएतका राष्ट्रहित बिपरितका गतिविधि दण्डनीय भएकाले सरकारले गम्भीर ध्यान दिनुपर्ने र कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे । राजावादीको र्यालीमा भारत उत्तरप्रदेशका मुख्यमन्त्रीको समेत पोष्टर समावेश गर्नु राष्ट्रहित बिपरितको कार्य भएको उनले बताए ।

उनले लोकतन्त्रको बिकल्प राजतन्त्र वा निरंकुशतन्त्र हुन नसक्ने भन्दै संग्रहालयमा थन्किएको राजतन्त्रले मुलुकमा शासन चलाउने सपना देख्ने वा देख्न लगाउने काम स्वीकार्य नभएको धारणा राखे ।