काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधान बिपरित हुने कुनै पनि षडयन्त्रबिरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने सुझाएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै महामन्त्री थापाले मुलुकको परिवर्तनबिरुद्धको आक्रमण कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै संविधान विपरित हुने कुनै पनि षडयन्त्रबिरुद्ध सवै दल एक भएर अघि बढ्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


बिभिन्न कारणले जनता आक्रोशित भएको भन्दै उनले एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिऐ । संविधान र लोकतन्त्रप्रति माओवादी अध्यक्ष प्रचण्डले राखेको प्रतिबद्धता सकारात्मक भएको भन्दै उहाले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको धारणा राखे ।

महामन्त्री थापाले सत्तामा आफू हुँदा ठिक र आफू नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुपर्ने बताए । उनले संविधान निर्माण गर्ने दलहरु नै संबिधानमा रहेका व्यवस्थाका बिषयमा बिभाजित हुनु उचित नभएको धारणा राखे । एक अर्कालाई दोष लगाउनुभन्दा पनि व्यवस्थलाई बलियो बनाउनका लागि साझा धारणा बनाउनुपर्ने उनले बताए ।

त्यस्तै थापाले बिभिन्न प्रकरणका बिषयमा सदनमा उठेको भन्दै राज्यले गरेका अनुसन्धानमा असन्तुष्टि भए छानविन समिति बनाउन छलफल गर्नुपर्ने उल्लेख गरे । उनले सरकारले पनि देश र जनतामा केन्द्रीत भएर काम गर्नुपर्ने र जनतामा विश्वासको वातावरण बनाउन सक्नुपर्ने बताए ।