काठमाडौँ– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ ।
मंगलबार भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई १ सय ६५ रनले पराजित गरेको हो । जितका लागि २८५ रनको लक्ष्य पछ्याएको कोशीले ३३ ओभरमा सवै विकेट गुमाएर १ सय १९ रनमात्रै बनाउन सक्यो । कोशीका लागि शाकीब हवले सर्वाधिक २५ रन बनाएका थिए ।
त्यसअघि पहिले व्याटिङ गरेको मधेशले ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा २ सय ८४ रन बनाएको थियो । मधेशका लागि पवन सरार्फले सर्वाधिक ९२ रन बनाएका थिए भने अनिश शाहले ७५ र दिपेश दाशले ५६ रनको अर्धशतकिय पारि खेलेका थिए ।
त्यस्तै मंगलबार दाङको देउखुरी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्यो । कर्णालीले दिएको ९२ रनको लक्ष्य पछ्याएको गण्डकीले २९ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाएको हो ।
गण्डकीका दीपकले अविजित रहँदै सर्वाधिक ५० रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले २७ दशमल २ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।