काठमाडौँ – लगातार ७ दिनसम्म उलारो लागेको नेप्से आठौँ दिन भने बढेको छ । यस साताको अन्तिम कारोबार दिन (बुधबार) नेप्से १७.२८ अंकले बढेको हो ।


ADVERTISEMENT


दोहोरो अंकले बढेसँगै नेप्से बुधबार २७३६.४८ विन्दु पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ इण्डेक्स अंक २.५५ बढेको छ भने फ्लोट इण्डेक्स १.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले बढेको छ ।


ADVERTISEMENT

# # #


नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज ३२३ कम्पनीको शेयर २ करोड २९ लाख ४१ हजार कित्ता शेयर ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार ८ अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको थियो ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन प्रभु इन्स्योरेन्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।

यता विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३८० रुपैयाँ ८० पैसा घटेर ३ हजार ४२७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

७ कारोबार दिन अघि २८ सय नाघेको नेप्से २७२१ आसपास झरेको थियो । बुधबार भने उकालो लागेको हो ।