काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल राष्ट्रबाट हुनबाट जोगाएको बताएका छन् ।


ADVERTISEMENT


बिज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सकारका प्रवक्ता समेत रहेका गुरुङले वर्तमान सरकार गठन भएपछि अपेक्षित काम गर्न नसकेपछि पहिलो काम मुलुकलाई असफल राष्ट्रबाट हुनबाट जोगाएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सरकारले गरेको पहिलो काम भनेको नेपाललाई श्रीलंका हुनबाट जोगाइयो । असफल राष्ट्र हुनबाट जोगाइयो । तर, आज हाम्रो प्रमुख समस्या भनेका सुशासन हो ।’ उनले पुराना ऐन कानुनले सुशासन कायम हुन नसकेको, राजस्व संकलन हुन नसकेको, व्यवसाय प्रवद्र्धनमा समस्या देखिएको महसुस भएकाले अध्यादेश ल्याउनुपरेको धारणा राखे ।

मुलुकमा परिवर्तन हुँदा पनि सुशासन कायम हुन नसक्दा जनतामा निराशा उत्पन्न भएकाले विद्यमान अस्पष्ट नीति नियमहरुलाई सुधार गर्न खोजिएको उनले बताए । उनले भने, ‘साजर्वजनिक सेवा प्रभावकारी छैन, त्यो छिटोछरितो, शीघ्र पनि छैन । यसबाट जनता काफी निराश भएका छन् । राजतन्त्र फालेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याए पनि जनताको अवस्था उस्ताको उस्तै छ ।’

उनले सरकारको रचनात्मक आलोचना भए सुध्रिने मौका पाउने उल्लेख गरे ।