वीरगञ्ज– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार, सर्वसाधारण शेयरधनीहरूको (समूह ख) संचालक निर्वाचन कार्यक्रम हिजो वीरगञ्जमा सम्पन्न भएको छ।


ADVERTISEMENT


उक्त निर्वाचनमा बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनलाई संचालक सदस्यको पदमा निर्वाचित गरिएको छ।


ADVERTISEMENT

# # #


निर्वाचन सम्पन्न भएपछि, चैत्र २ गते बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा, बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित संचालक सदस्यहरूले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी आफ्नो पदको कार्यभार सुरु गरेका छन्।

नवनिर्वाचित संचालक सदस्यहरूको नियुक्ति कम्पनीको विकास र ग्राहक सेवामा अझ बढी सुधार ल्याउनका लागि महत्वपूर्ण कदम मानिएको छ। कम्पनीका अधिकारीहरूले यस निर्णयलाई कम्पनीको आगामी समृद्धि र सफलताका लागि ठूलो योगदान हुने अपेक्षा व्यक्त गरेका छन्।