काठमाडौँ – नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क रुपमा अस्पतालमा पठाउने प्रक्रिया सुरु भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थीतिमा सहयोगी संस्थाबाट प्राप्त भएको औषधी अस्पतालमा पठाउन हस्तान्तरण गरिएको हो ।


ADVERTISEMENT


मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको मृत्यु भएकाले महँगो औषधि सहयोग प्राप्त गरेर अस्पतालमा पठाउन लागिएको जानकारी दिए । उनले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधी उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने जानकारी दिए ।


ADVERTISEMENT

# # #


वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधि उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए ।

अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफले नेपालको मागका आधारमा पाँच वर्षसम्मका लागि यस्तो औषधि उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।