काठमाडौँ – प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्यायको प्रक्रिया पुनः अघि बढाउन सिफारिस समिति गठन गर्ने सहमति भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुबीचको छलफलमा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस कमिटी (सर्च कमिटी) गठन प्रक्रिया अघि बढाउने सहमति भएको प्रधानमन्त्री केपी ओलीका विज्ञ सल्लाहकार अग्नी खरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा प्रधानमन्त्री ओलीले सर्च कमिटी गठन प्रक्रिया नयाँ ढंगले अघि बढाउन प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा शीर्ष नेताहरुबीच सहमति जुटेको र सोही अनुसार कमिटी गठन प्रक्रिया अघि बढाउने निर्णय भएको खरेलले बताए । । अब सर्च कमिटी गठन गर्ने प्रक्रिया सरकारले अघि बढाउने उनले बताए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेताहरू शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी थि