ललितपुर– ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका– ७ स्थित चाङ्गाथलीमा रहेको मूल सडक कालोपत्रे भएको छ ।
यसले बालकोटबाट लुभु जोड्ने करिब ३ किलोमिटर सडकको यात्रा सहज भएको छ । वर्षाैदेखि कच्ची र धुलोको सामना गरेका स्थानीय र यात्रुहरूमा खुसीयाली छाएको छ ।
गरिएको कालोपत्रे पूर्णरूपमा गुणस्तरीय र मजबुत हुनेगरी अनुगमन भइरहेको उपमेयर लक्ष्मी महर्जनले हिमालय पोष्टलाई जानकारी दिएकी छन् ।
नगरको वडा नम्बर ७ का अध्यक्ष बावुराजा महर्जनले सडक कालोपत्रे हुँदा स्थानीयमा खुशीयाली छाएको बताएका छन् ।