काठमाडौँ– नेपाल सेनाका महासेनानी (कर्णेल) प्रशान्तविक्रम राणा सहायक रथी (ब्रिगेडियर जनरल) पदमा पदोन्नति सिफारिस भएका छन्।


ADVERTISEMENT


सोमबारको मन्त्रिपरिषद बैठकले ७ प्रमुख सेनानीलाई महासेनानीको पदमा बढुवा गर्ने निर्णय गरेको हो। यो बढुवा सेनामा रिक्त रहेका पदहरूलाई पुरा गर्नका लागि गरिएको हो।


ADVERTISEMENT

# # #


महासेनानीको पदमा बढुवा हुने प्रमुख सेनानीहरूमा विजय बस्नेत, प्रदीप थापा, कन्चनकृष्ण बस्नेत, जीवन शर्मा, प्रज्वल थापा, विकास केसी र चन्द्रशेखर काप्री समावेश छन्।

अघिल्लो समयमा महासेनानीहरूलाई सहायक रथीको पदमा बढुवा गरिएपछि हाल रिक्त रहेका स्थानमा उनीहरूको बढुवा गरिएको हो।

पदोन्नति भएका अधिकारीहरूको दर्ज्यानी चिन्ह र पदस्थापन केही दिनमा हुने जानकारी जंगी अड्डाका स्रोतले दिएको छ ।