काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा भएको घटनामा पूर्वराजा साह मुख्य जिम्मेवार भएको बताएलगत्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठेर विरोध जनाएका हुन् । त्यसपछि पार्टीका सबै सांसदहरू उठेर सोको विरोध जनाए ।
प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंलाई आफ्नै निवासमा बोलाएर पूर्वराजाले जनकमाण्डर तोकेको बताएपछि शाहीले प्रतिवाद गरेका थिए ।
सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका थिए । उनले भने, ‘पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृंखलावद्ध घटनामा आफ्ना धारणा सार्वजनिक गर्नुपर्दैन रु मानिसलाई मार्न दुरुत्साहित गर्ने, जनकमाण्डर बनाउने, आफू शासक लोभ राख्नेले यी सबै घटनाबारे बोल्नु पर्दैन ? मुल जिम्मेवार उहाँ हो । उहाँले जिम्मा लिनुपर्छ ।’