काठमाडौँ– कुलमान घिसिङलाई अपमानित ढंगले विद्युत् प्राधिकरणबाट बर्खास्त गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।


ADVERTISEMENT


बिभिन्न संघसंस्थाहरुले कुलमान घिसिङ पुनर्वहाली संघर्ष आन्दोलन समिति बनाएर कुलमानको पक्षमा आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले उज्यालो नेपालका नायक कुलमानलाई बिचौलियाको सेटिङमार्फत हटाएको आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


प्रदर्शनकारीहरुले प्रधानमन्त्री र ऊर्जामन्त्रीको राजीनामा माग गरेका छन् । सांस्कृतिक भेषभुषाका साथै बाजागाजासहित प्रदर्शनकारीले कुलमानको पक्षमा नारावाजी गरेका थिए । प्रदर्शनकारीले देशको शान कुलमान घिसिङ लेखिएको प्लेकार्डका साथै टिसर्ट लगाएका थिए । घाटामा गएको संस्थालाई फाइदामा पुराएर कुलमानले के अपराध गरे भन्दै उनीहरुले सरकारलाई प्रश्न गरेका थिए ।

सिंहदरबार र बालुवाटारमा बसेर भ्रष्ट बिचौलियाको कुरा सुनेर कुलमानलाई हटाइएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका थिए । उनीहरुले कुलमानको पुनर्वहालीको माग गर्दै निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।