काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बल्खुमा आमसभा आयोजना गर्ने भएको छ ।
राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै आमसभा गर्ने लागेको हो । बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बिहान साढे ११ बजेबाट हुने आमसभामा सहभागिताका लागि राप्रपाले सबैलाई आह्वान गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । उनका अनुसार, सभा शान्तिपूर्ण र मर्यादित हुनेछ । सभालाई व्यवस्थित राख्न र घुसपैठ रोक्न दर्जनौं स्वयंसेवक परिचालन गरिन लागेको छ । घुसपैठको शंका लागेमा तुरुन्त नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाइने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
राजसंस्था पुनर्स्थापना र हिन्दूराज्यको पक्षमा राप्रपाले हालका दिनहरूमा विभिन्न प्रदर्शनहरू गर्दै आएको छ। यसअघि, तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि, राप्रपाले अब आफ्नै नेतृत्वमा अभियान चलाउने निर्णय गरेको छ।