काठमाडौँ– स्वर्गीय संगीतकार गुरुदेव कामतको स्मृतिमा समर्पित नयाँ गजल ‘ओठको मधुरस’ सार्वजनिक गरिएको छ। गीतकार शंकर अधिकारी घायलको उत्कृष्ट शब्द, गुरुदेव कामतकै सुमधुर संगीत र गायक कृष्ण भट्टराईको सजीव स्वरले सजिएको यो गजल युट्युबमार्फत सार्वजनिक गरिएको हो।


ADVERTISEMENT


‘ओठको त्यो मधुरस पिलायौ अलिअलि’, जस्ता भावुक पंक्तिहरूले युवावस्थामा आउने उतारचढाव र अनुभूति समेटेका छन्। गीतमा गायक कृष्ण भट्टराईले हार्मोनियम बजाउँदै स्वयं प्रस्तुति दिएका छन्, जसले गजललाई झनै आत्मीय बनाएको छ।


ADVERTISEMENT

# # #


गजलको भिडियोलाई नयाँ सौन्दर्य र सिर्जनात्मकता दिने प्रयास गरिएको छ। भिडियोमा चक्र बहादुर बरालको छायांकन, रोशन भुसालको मेकअप, र राजेश कुमारको सम्पादनले दृश्य पक्षलाई सबल बनाएका छन्।

नृत्य निर्देशनमा राजन महर्जनको कोरियोग्राफी रहेको भिडियोमा समिक्षा भुजेल, कृष्ण भट्टराई, रवि खड्का, राजु पौडेल, सुजन बस्नेत, नवराज अधिकारी, बिक्रम गिरी र जेलिसा कार्कीले अभिनय गरेका छन्। भिडियोको निर्देशन स्वयं गीतकार शंकर अधिकारी घायलले गरेका छन्।

यो गजल कृष्ण भट्टराईको अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ।