काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा वैंशाख १२ गते शुक्रबारका दिन दिउँसो १ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।