काठमाडौँ– वीरगञ्जको छपकैया क्षेत्रमा श्री हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्रामाथि भएको आक्रमणप्रति राष्ट्रिय समता पार्टी नेपालले गम्भीर आपत्ति प्रकट गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।


ADVERTISEMENT


पार्टीले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै, चैत ३० गते मस्जिद तथा यतीमखानाको छतबाट ढुंगामुढा गरी शोभायात्रामा सहभागी भक्तजन र सुरक्षाकर्मीमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेको हो। घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ।


ADVERTISEMENT

# # #


ज्ञापन पत्रमा उल्लेख गरिएअनुसार, नेपालमा करिब ९४ प्रतिशत जनसंख्या वैदिक सनातन हिन्दू धर्म संस्कृतिसँग प्रत्यक्ष सम्बन्धित रहेको सन्दर्भमा, हिन्दू धर्मावलम्बीहरूको आस्थामाथि यस किसिमको आक्रमणलाई गम्भीर धार्मिक असहिष्णुता र शान्ति समाजमा खलल पुर्‍याउने कार्यको रूपमा लिइएको छ।

राष्ट्रिय समता पार्टीले घटनालाई ूनितान्त खेदजनक र अक्षम्य अपराधूको रूपमा व्याख्या गर्दै, धर्मनिरपेक्ष राष्ट्र नेपालमा सबै नागरिकलाई धार्मिक स्वतन्त्रताको ग्यारेन्टी गरिएको संविधान र कानुनको उल्लंघन भएको बताएको छ। पार्टीले विशेष रूपमा स्थानीय प्रशासनले परिचालन गरेको ड्रोन फुटेज सार्वजनिक गर्न र घटनामा संलग्न दोषीहरूलाई पर्सा जिल्ला सुरक्षा समितिको रोहवरमा तोकिएको समयसीमाभित्र कानूनी कारबाही गर्न माग गरेको छ।

साथै, पार्टीले हिन्दू समाजको संयमतालाई कमजोरी ठानी दोषीलाई उन्मुक्ति दिने कुनै पनि प्रयासप्रति चेतावनी दिँदै, त्यसले परिस्थितिलाई गम्भीर मोडमा लैजान सक्ने र यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने स्पष्ट पारेको छ।

पार्टीको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा धार्मिक सहिष्णुता, शान्तिपूर्ण सहअस्तित्व र विधिको शासन सुनिश्चित गर्न सरकार र सुरक्षा निकायको सक्रिय भूमिका अनिवार्य रहेको उल्लेख गरिएको छ।