काठमाडौँ– विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षक महासंघले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्न समन्वय गर्ने निर्णय गरेपनि महासंघले भने विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै आन्दोलन जारी राखेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले विद्यालय शिक्षा ऐन जारी गर भन्दै नारावाजीका साथ माइतिघर–बबरमहल क्षेत्रमा धर्ना सहित प्रदर्शन गरेका छन् ।

शिक्षकहरुले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।