काठमाडौँ – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ वर्ष २०८२ को सुरुवातसँगै आफ्ना शाखा कार्यालयहरूमा कार्यरत सातै प्रदेशका कर्मचारीहरूलाई लक्षित गरी तीनदिने आधारभूत प्रविधि तथा केवाईसी सम्बन्धी तालीम सुरु गरेको छ।


ADVERTISEMENT


उक्त तालीम काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा सञ्चालन भइरहेको छ। हार्डवेयर, नेटवर्किङ, डिजिटल बैंकिङ प्रविधि, डेटा सुरक्षा, ग्राहकको पहिचान (KYC) र सम्पत्ति शुद्धिकरण जस्ता महत्वपूर्ण विषयमा ज्ञान प्रदान गरिने तालिमको उद्देश्य कर्मचारीहरूको प्राविधिक दक्षता अभिवृद्धि गर्नु रहेको छ।


ADVERTISEMENT

# # #


तालीमको पहिलो दिन संस्थाका उच्च अधिकारीहरूले तालिमको उद्देश्य, कार्यान्वयन रणनीति तथा यसको दीर्घकालीन महत्त्वबारे प्रकाश पारे। साथै, सहभागीहरूले डिजिटल कारोबारमा सुरक्षित प्रणाली निर्माण, नियामकीय अनुपालन तथा वित्तीय सेवामा ग्राहक पहिचानको संवेदनशीलता सम्बन्धी विषयमा जानकारी प्राप्त गर्नेछन्।

छिमेक लघुवित्तले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ कर्मचारीहरूको सीप र ज्ञान विस्तारलाई प्राथमिकतामा राख्दै यस्ता तालिम कार्यक्रमहरूलाई नियमितरूपमा सञ्चालन गर्दै जाने जनाएको छ।