काठमाडौँ– सूचना प्रविधिको युगमा साइबर सुरक्षालाई पहिलो प्राथमिकता दिँदै आएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) अन्तर्गत ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ।
कम्पनीले ग्राहक सूचनाको गोपनीयता, सुरक्षा प्रत्याभुति र जोखिम व्यवस्थापनमा अपनाएको सुदृढ अभ्यासको पुष्टि यो प्रमाणपत्रले गरेको हो। शिखर इन्स्योरेन्सका अनुसार, सूचना प्रणालीको व्यवस्थापन, कार्यान्वयन, मूल्याङ्कन तथा सुधार प्रक्रियामा कम्पनीले उच्च मापदण्डहरू अवलम्बन गर्दै आएको छ।
यो उपलब्धिले ग्राहकले प्रदान गर्ने संवेदनशील सूचना सुरक्षित राख्न कम्पनीको प्रतिबद्धता झल्काउँछ। बीमा क्षेत्रमा डिजिटल रूपान्तरण तीव्र हुँदै गएको सन्दर्भमा, सूचना सुरक्षामा शिखरको पहललाई उद्योगमै उदाहरणीय मानिएको छ।
कम्पनीले प्राप्त प्रमाणपत्रले आफ्नो सेवा गुणस्तर, ग्राहक विश्वास र प्रतिस्पर्धात्मकता अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ। साथै, भविष्यमा अझ प्रभावकारी प्रविधि र सुरक्षाका उपायहरू अपनाउँदै सूचना सुरक्षामा थप सुदृढता ल्याउने प्रतिबद्धता जनाएको छ।