धुलिखेल – होटेल सारथी प्रा.लि. र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्राथमिक शेयर (आईपिओ) निष्कासनका लागि सम्झौता भएको छ।


ADVERTISEMENT


विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका सीईओ सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार, सारथीले १५ लाख कित्ता साधारण शेयर (१५ करोड रुपैयाँ बराबर) सार्वजनिक निष्कासन गर्नेछ। आईपीओपछि कम्पनीको चुक्ता पुँजी ५० करोड पुग्नेछ।

२०७२ मा स्थापना भई २०७६ बाट सञ्चालनमा आएको धुलिखेलस्थित यो लक्जरी होटेल ८० कोठा, ४ सभा हल, रुफटप स्वीमिङ पुलसहितको संरचनामा फैलिएको छ। होटेलले चितवनको सौराहामा दोस्रो प्रोपर्टी समेत संचालनमा ल्याइसकेको छ।