काठमाडौँ– देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा नि:शुल्क ‘फुटबल फर फ्युचर – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ सञ्चालनमा ल्याएको छ।
कार्यक्रमको पहिलो चरण धरानबाट सुरू गरिएको थियो, जहाँ ८४ जना स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाए भने जनकनन्दनीमा भएको प्रशिक्षण शिविरमा ९० भन्दा बढीको सहभागिता रहेको थियो।
सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालको अनुसार – “हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरुन, अवसरहरू खोजुन, र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकून् भन्ने हाम्रो उदेश्य रहेको छ। फुटबल एक माध्यम हो – लक्ष्य चाहिँ दीर्घकालीन सामाजिक रूपान्तरण हो। यो कार्यक्रममा स्थानिय समुदाय, विद्यालयहरू, अभिभावक र सरोकारवाला पक्षहरूको साथ र सहकार्यमा अझ प्रभावकारी बनाउँदै लाने हाम्रो लक्ष्य रहेको।”
धरान र जनकपुरपछि ‘फुटबल फर फ्युचर – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब पोखरामा हुन लागिरहेको छ।



























































