काठमाडौँ– सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै निजी मेडिकल कलेजका आवासीय डाक्टरहरुले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रीपरिषद्बाटै भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले बुधबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले चिकित्सा आयोगद्वारा निर्धारित आठौ तहको तलव संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसंग माग गरेका छन् ।
त्यस्तै आवासीय डाक्टरहरुले आयोगले आठौ तहको तलव संरचना पारित गरेको दुई महिना बढि हुँदा पनि मेडिकल कलेजहरुले निर्देशनको पालना गरेकाले आन्दोलनमा उत्रनुपरेको जनाएका छन् ।
उनीहरुले कलेज प्रशासनको योजनाबद्ध वेवास्ताले आफ्ना अधिकार सुनिश्चित गर्न प्रदर्शनमा आउनुपरेको जनाएका छन् । आफ्ना मागहरुमा सरोकारवाला निकायले गम्भीरता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी आवासीय डाक्टरहरुले दिएका छन् ।